मंगलबार तेस्रो घण्टामा १ अर्बभन्दा बढीको शेयर कारोबार, ज्योती विकास बैंकको सबैभन्दा बढी
काठमाडौं । मंगलबार शेयर बजार घटिरहेको छ । कारोबारको तेस्रो घण्टासम्म बजार ४ दशमल शून्य ६ अंक घटेर १ हजार ५७३ दशमलव ९५ विन्दुमा झरेको हो ।
यो अवधिसम्म कुल १ अर्ब ४ करोड ६८ लाख ७२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कुल कारोबारमा सबैभन्दा बढी स्थान ज्योती विकास बैंकले ओगटेको छ । तेस्रो घण्टाको कारोबार अवधिसम्म ज्योती विकास बैंकको ८ करोड ७४ लाख ६४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यो दिन यस कम्पनीकै शेयरमूल्य सर्वाधिक बढेको छ । ज्योती विकास बैंकको शेयरमूल्य तेस्रो घण्टासम्म ५ दशमलव ३१ प्रतिशतले बढेको हो ।
तेस्रो घण्टासम्ममा व्यापारिक समूहको शून्य दशमलव १३ प्रतिशत, होटलको शून्य दशमलव २७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६१ प्रतिशत, अन्यको शून्य दशमलव शून्य ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत परिसूचक बढेको छ । मंगलवार वित्त समूहका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । तेस्रो घण्टासम्म वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ५७ प्रतिशत घटेको छ ।
प्रतिक्रिया