सोमबार, वैशाख ८, २०८२

सोमबार बढेको बजार मंगलबार ९.४२ अंक घट्यो, कारोबार रकम भने करिब २ अर्ब

नेपालखोज २०७७ असोज २७ गते १५:४६

काठमाडौं । शेयर बजार मंगलबार ९ दशमलव ४२ अंक घटेर बन्द भएको छ । सोमबार १ दशमलव ७४ अंकले बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा पुगेको बजार मंगलबार १ हजार ५६८ दशमलव ५९ विन्दुमा झरेको छ । यो दिन नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशत ओरालो लागेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ७० अंक घटेर ३११ दशमलव ४१ विन्दुमा झरेको छ ।

मंगलबार घटेको बजारमा जलविद्युत समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत घटेको हो । जलविद्युत समूहपछि यो दिन वित्त समूहको परिसूचक १ दशमलव ९२ प्रतिशतले घटेको छ ।
यस दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमूल्य ८ दशमलव ७२ प्रतिशतले घटेको हो । प्रतिकित्ता १३ रूपैयाँले घटेर पञ्चकन्यामाई हाइड्रोपावरको अन्तिम शेयरमूल्य प्रतिकित्ता १३६ रूपैयाँ कायम भएको छ । त्यस्तै मंगलबार ज्योती विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ८३ प्रतिशतले बढेको छ । ज्योती विकास बैंकको शेयरमूल्य प्रतिकित्ता १० रूपैयाँले बढेर अन्तिम मूल्य २१७ रूपैयाँ कायम भएको छ । मंगलबार घटेको बजारमा पनि २९ कम्पनीको शेयरमूल्य बढेको छ ।

यो दिन १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार रूपैयाँ बराबरको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सबैभन्दा बढी हिस्सा अरुण काबेली पावरले ओगटेको छ । यो दिन अरुण कावेली पावरको रू. ११ करोड २६ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक मूल्य बृद्धि भएको ज्योती विकास बैंकको पनि मंगलबार रू. ११ करोड ७ लाख १ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका १२ समूहगत परिसूचकमध्य व्यापारिक समूहको शून्य दशमलव १४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३५ प्रतिशत र म्यूचुअल फण्ड समूहको शून्य दशमलव ४५ प्रतिशत बढेको छ । यो दिन जलविद्युत र वित्त समूहसँगै बैंकिङको शून्य दशमलव ६१ प्रतिशत, होटलको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६२ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया