कोरोना कहर : विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख ९० हजार नाघ्यो
नेपालखोज
२०७७ असोज २८ गते ७:४४
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण यतिबेला सिंगो विश्व नै त्रसित छ । कोरोना संक्रमण हालसम्म विश्वभरका ३ करोड ८३ लाख बढी मानिसमा भाइरसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १३ हजार २८३ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या विश्वभर ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ । जसमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया