मंगलबार, वैशाख ९, २०८२

युइएफए नेसन्स लिग : स्पेन पराजित, जर्मनी बराबरीमा रोकियो

नेपालखोज २०७७ असोज २८ गते ८:०६

एजेन्सी । युइएफए नेसन्स लिगमा स्पेन पराजित भएको छ। स्पेनलाई मंगलबार राति भएको खेलमा युक्रेनले १-० गोलले पराजित गरेको हो। घरेलु मैदानमा स्पेनलाई पराजित गर्ने क्रममा युक्रेनका विक्टर सिगांकोवले निर्णायक गोल गरेका थिए। दोस्रो हाफमा मैदान छिरेका उनले खेलको ७६ मिनेटमा गरेको गोल निर्णायक बनेको हो।

खेलमा स्पेनले गोल गर्ने दर्जन अवसर खेर फालेको थियो। स्पेनले गोल गर्न गरेका प्रयासलाई युक्रेनका गोलकिपर हिरोई बशचनले विफल परेका थिए। समूह ए-४ को खेलमा स्पेनले २१ प्रहार गरेको थियो। यहि समूहको अर्को खेलमा जर्मनीलाई स्विट्जरल्यान्डले ३-३ गोलको बराबरीमा रोकेको छ।

स्विट्जरल्यान्डले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो। स्विट्जरल्यान्डका लागि गभ्रानोभिकले ५ मिनेटमा गोल गरेका थिए। एक मिनेट पछि नै स्विट्जरल्यान्डले खेलमा अग्रता लियो। गभ्रानोभिकले ५६ मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। जर्मनीले पनि बराबरी गोल गर्ने क्रममा जारी रह्यो।

स्विट्जरल्यान्डले तेस्रो गोल गरेको तीन मिनेट पछि जर्मनीका सर्ज ग्नब्रीले गोल गर्दा खेल ३-३ को बराबरीमा पुगेको थियो। हार पछि पनि स्पेन समूहमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको जर्मनी र तेस्रो स्थानको युक्रेनको ६-६ अंक छ। स्विट्जरल्यान्ड २ अंक बटुलेर पुछारमा छ।

प्रतिक्रिया