शुक्रबार, वैशाख २६, २०८२

बुधबार तेस्रो घण्टामा १५६३.९१ विन्दुमा नेप्से, ९० करोडभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ असोज २८ गते १४:२१

काठमाडौं । बुधबार तेस्रो घण्टाको कारोबारमा नेप्से परिसूचक १ हजार ५६३ दशमलव ९१ विन्दुमा झरेको छ । यो अवधिमा परिसूचक ४ दशमलव ६८ अंक घटेको हो । यस अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९४ अंक घटेर ३१० दशमलव ४७ विन्दुमा झरेको छ ।

यस अवधिसम्म ९० करोड २२ लाख ८० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १९५ कम्पनीको ३३ लाख ५२ हजार ९५३ कित्ता शेयर कारोबार भएको हो । तेस्रो घण्टामा पनि सानिमा बैंककै सर्वाधिक ६ करोड १३ लाख ९४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टाको काराबोर अवधिसम्म विकास बैंकको परिसूचक सर्वाधिक घटेको छ । विकास बैंकको परिसूचक १ दशमलव ३६ प्रतिशतले घटेको हो । यस अवधिसम्म व्यापारि समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ ।

प्रतिक्रिया