आज बिहीबार बंगलामुखी देवीको पुजा आराधना गर्नुहोस् ।। आजको राशिफल ।।
तन्त्रशास्त्र अनुसार दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दिन बंगलामुखीको दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ। बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो।
त्यसकारण माता बंगलामुखीलाई श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।
बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेकोछ। तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ।
देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो। जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्ने गरिन्छ। किनभने पितृ र कुललाई सञ्चालन गने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोषहरू लाग्दा बंगलामुखीको शरणमा जाने गदर्छन् ।
तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलतापनि पाईनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । स्वास्थ्य तथा शिक्षामा सुधार आउनेछ । सामाजिक क्षेत्रबाटपनि सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धव र साथीभाईबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया