मंगलबार, वैशाख ९, २०८२

वाणिज्य बैंकतर्फ हालसम्म तीन वटा बैंकले मात्र गरे लाभांस घोषणा

नेपालखोज २०७७ कार्तिक २ गते १५:२१


काठमाडौं । वाणिज्य बैकहरु मध्येमा हालसम्म तीन वटाले मात्र गत आर्थिक बर्षमा आर्जन गरेको खुद मुनाफा मध्येबाट लाभांस घोषणा गरेको छ । आर्थिक वर्ष सकिएको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा लाभांस घोषणा गरी बार्षिक साधारण सभा मार्फत घोषित लाभांस वितरण समेत गरिसक्नु पर्ने बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धि प्रावधान रहेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमास सकिसकेको अवस्थामा हालसम्म माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौं र सानिमा बैंकले मात्र लाभांस घोषणा गरेका छन् ।

सो मध्ये माछापुच्छ्रेले सात दशमलव तीन प्रतिशत बोनस सेयर र तीन दशमलव ३७ प्रतिशत नगद सहित कुल १० दसमलव ४० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ भने बैंक अफ काठमाडौंले १३ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद सहित १६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । यसैगरी सानिमा बैंकले पनि १० प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद सहित १३ दशमलव ६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्त तर्फ भने ८४ वटा संस्थाहरु सञ्चालनमा रहेकोमा हालसम्म पाँच वटाले मात्र गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट लाभांस बितरणको घोषणा गरेका छन् । सो मध्ये आशा लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र शुन्य दशमलव ७८ प्रतिशत नगद सहित कुुल १५ दशमलव ७८ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ भने आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नौ प्रतिशत बोनस र तीन दसमलव ६३ प्रतिशत नगद सहित १२ दशमलव ६३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

यसैगरी आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले पनि १५ प्रतिशत बोनस र पाँच प्रतिशत नगद सहित २० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गर्दा फर्ट माईक्रो फाईनान्सले २० प्रतिशत बोनस सेयर र ६ दशमलव ३२ प्रतिशत नगद सहित कुल २६ दशमलव ३२ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । समता लघुवित्त वित्तीय संस्थाले पनि २० प्रतिशत बोनस र ६ दशमलव ३२ प्रतिशत नगद सहित कुल २६ दशमलव ३२ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । यी सबै घोषित लाभांसहरु नेपाल राष्ट्र बैंकको स्वीकृती एवं सम्वन्धित संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

यी बाहेक शिवम सिमेन्टले २४ दशमलव २१ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गर्दा युनिलिभर नेपाल लिमिटेडले १०० प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । म्युचअल फण्ड तर्फ पनि पाँच वटा फण्डहरुले नगद लाभांस वितरण गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया