मंगलबार, वैशाख ९, २०८२

नेपाल फाइनान्सको हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज कार्तिक ६ गते

नेपालखोज २०७७ कार्तिक ५ गते १३:०३

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कार्तिक ६ बुकक्लोज गर्ने तय गरेको छ । फाइनान्सले १२५ प्रतिशत अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ १।२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल १३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको १२५ प्रतिशत हकप्रद बिक्रीपश्चात पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ । नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन कार्तिक ५ गतेसम्म सक्नेछन् ।

नेपाल राष्ट्र बेंकले फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रिय बैंकले भने अनुसारको पूँजी पुर्‍याउन फाइनान्सले थप १७५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव फाइनान्सको साधारणसभाले पारित गरिसकेको जनाएको छ ।

प्रतिक्रिया