मंगलबार, वैशाख ९, २०८२

कुमारी बैंकद्वारा १४ प्रतिशत लाभांश वितरण

नेपालखोज २०७७ कार्तिक ६ गते ११:१५

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । बैकको बुुधबार बसेको संचालक समितिको ७८ औं बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि लागू हुनेछ । विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टरलगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा दिदैं आएको बैंकको निक्षेप एक खर्ब २२ अर्ब र कर्जा लगानी एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया