आधा दर्जन बैंकहरुले घोषणा गरे लाभांस
काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कमाएको खुद मुनाफा मध्येबाट लाभांस वितरणको घोषणा गरेका छन । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा कार्तिकको पहिलो सातासम्ममा छ वटा बैंकहरुले बोनस र नगद लाभांस वितरणको घोषणा गरेका हुुन ।
आर्थिक वर्ष सकिएको पहिलो छ महिना अर्थात पुस मसान्तसम्ममा लाभांस घोषणा गरी वार्षिक साधारण सभा मार्फत घोषित लाभांस वितरणसमेत गरिसक्नुु पर्ने बैंक तथा बित्तीय संस्था सञ्चालन सम्वन्धी प्रावधान रहेकोमा हालसम्म माछापुच्छे« बैंक, बैंक अफ काठमाडौं, सानिमा बैंक, ग्लोवल आईएमई बैंक, कुुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांस वितरणको घोषणा गरेका हुुन् । सो मध्ये माछापुुच्छे«ले सात दसमलव तीन प्रतिसत बोनस सेयर र तीन दसमलव ३७ प्रतिसत नगदसहित कुुल १० दसमलव ४० प्रतिसत लाभांस वितरण गर्ने घोषणा गरेको छ । भने, बैंक अफ काठमाडौले १३ प्रतिसत बोनस सेयर र तीन प्रतिसत नगदसहित १६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी सानिमा बैंकले पनि १० प्रतिसत बोनस सेयर र तीन प्रतिसत नगदसहित १३ दशमलव छ प्रतिसत लाभांस वितरण गर्ने घोषणा गरेको छ । ग्लोवल आईएमई बैंकले पनि गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट १४ प्रतिशत बोनस सेयर र दुुई प्रतिशत नगद लाभांससहित १६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी १० प्रतिशत बोनस र चार प्रतिशत नगद लाभांससहित १४ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । सिटिजन्स बैंकले पनि गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट सात दशमलव ७० प्रतिशत बोनस सेयर र तीन दशमलव ३० प्रतिशत नगद लाभांससहित कुुल ११ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । यि सबै बैंकहरुले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती एवं सम्वन्धीत बैकको आगामी बार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वनमा आउने छ ।
बैकहरुले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट घोषणा गरेको लाभांस (प्रतिसतमा)
क्र.स | बैकको नाम | बोनस | नगद | कुल |
१. | माछापुच्छ्रे बैंक | ७.०३ | ३.३७ | १०.४० |
२. | बैंक अफ काठमाडौ | १३ | ३ | १६ |
३. | सानिमा बैंक | १० | ३.६ | १३.६ |
४. | ग्लोवल आईएमई बैंक | १४ | २ | १६ |
५. | कुमारी बैंक | १० | ४ | १४ |
६. | सिटिजन्स बैंक इन्टरनेशनल | ७.७० | ३.३० | ११ |
प्रतिक्रिया