बुधबार, वैशाख १०, २०८२

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ११.८४ प्रतिशत लाभांश घोषणा

नेपालखोज २०७७ कार्तिक १४ गते ११:२०

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४.८४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

कात्तिक १३ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगनीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक सााधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुने बैकले जनाएको छ ।

प्रतिक्रिया