सेयर धितोमा बैंक तथा फाईनान्सहरुको ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी संगै सेयर बजारमा तिव्र उतारचढाव देखिएपनि सेयर धितो अर्थात मार्जिन लेण्डिङ शिर्षकमा बैंक तथा फाईनान्स कम्पनीहरुले ५२ अर्ब ७८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको बैंकहरुको निक्षेप तथा कर्जा सम्वन्धी बिस्तृत प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २७ वटा वाँणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका छन् ।
बैैंकिङ क्षेत्रबाट प्रवाह भएको कुुल सेयर धितो कर्जा रकम मध्येमा वाँणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४३ अर्ब १६ करोड ६० लाख रुपैयाँ रहेको छ । विकास बैकहरुले भने सेयर धितो शिर्षकमा ७ अर्ब १८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैकका अनुसार फाईनान्स कम्पनीहरुले भने सेयर धितो शिर्षकमा २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
केही समयअघिसम्म पनि सेयर बजारमा निरन्तर गिरावट आउँदा बैंक तथा फाईनान्स कम्पनीले सेयर धितो राखेर कर्जा लिएका ग्राहकहरुलाई थप सेयर धितो राख्नको लागि मार्जिन कल गर्ने गरेका थिए ।
सेयर बजारमा गिरावट आउँदा अधिकांस कम्पनीहरुको सेयर मुल्यमा कमी आएको र धितोमा राखिएको सेयरले नखाम्ने भन्दै बैंक तथा फाईनान्स कम्पनीहरुले थप सेयर धितोको लागि मार्जिन कल गर्ने गरेका थिए । तर अहिले भने सेयर बजार केहीहदसम्म स्थिर देखिएकाले हुनसक्छ मार्जिन कलमा पनि कमी आएका ऋणीहरु ग्राहकहरु बताउँ छन् ।
प्रतिक्रिया