बुधबार, वैशाख १०, २०८२

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा पुन २५ करोड २६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७७ कार्तिक १४ गते १४:५८

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा पुन २५ करोड २६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक बर्षिय अर्थात तीन सय ६५ दिने मुुद्धती निक्षेपको रुपमा २०७७ मंसिर दुई गतेदेखि २०७८ कात्र्तिक ३० गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाँणिज्य बैकहरुको लागि २० करोड २१ लाख, विकास बैंकहरुको लागि ३ करोड ७८ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २७ लाख रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही कार्तिक १८ गते अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा-व्यवस्था पछिको मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसअघि यही कात्र्तिक १२ गते पनि राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुको लागि एक अर्ब २७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको थियो । आव्हान अनुसार उक्त रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले कार्तिक १६ गते अपरान्ह ३ः३० बजेसम्म राष्ट्र बैंकमा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया