बुधबार, वैशाख १०, २०८२

वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकास सहयोग एसडिसि बीच एमएसएमई कोषको घोषणा

नेपालखोज २०७७ कार्तिक १६ गते १३:४२

काठमाडौं । स्वीस सरकार विकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरि कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ्र ।

उक्त कोषको मुल उद्देश्य कोभिड – १९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्‍याउने र रोजगारी जोगाउन मद्दत गर्ने जनाएको छ । यो कोषद्वारा करिब एक सय व्यवसायलाई सहयोग पुर्‍याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

यस अन्तर्गत कोभिड-१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि ब्याज पनि मिनाहा गरिने जनाइएको छ । त्यसैगरी त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।

“यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक “पायलट-प्रयोगात्मक“ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ” वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, वान टु वाच “लद्यु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन् ।

तसर्थ, यी व्यवसायहरुको आर्थिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने छ । लामो समय देखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसँगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं ।” नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले भनिन्, “हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्‍याउने छ । हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्‍याउने छ ।”

लक्ष्मी बैंकप्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, “एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।”

प्रतिक्रिया