कोभिड-१९ का बावजुत पनि नेपाल बैंकले तीन महिनामा कमायो ५५ करोड रुपैयाँ खुद मुनाफा

काठमाडौं । विश्व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीले सिंगो मुलुुकको अर्थतन्त्र नै डामाडोल भएको अवस्थामा पनि नेपाल बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५५ करोड चार लाख १९ हजार तीन सय ९३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज शनिबार सार्वजनिक गरेको चालुु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यही असोज मसान्तसम्ममा उक्त मुनाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५८ करोड १८ लाख २३ हजार छ सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ११ अर्ब २८ करोड २८ लाख ८२ हजार २ सय रुपैयाँ रहेको बैंकले चालुु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ४५ अर्ब ४६ करोड ९३ लाख ७२ हजार सात सय ५० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७ अर्ब चार करोड ५६ लाख १४ हजार ७ सय २८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४८ करोड १५ लाख ९२ हजार ५ सय ८५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात ३ दशमलव २ प्रतिशत रहेको छ । यस अवधिमा ४ दशमलव ४७ प्रतिशतको स्प्रेड दर कायम राखेको बैंकको वितरणयोग्य नाफा भने १९ करोड ६४ लाख ६४ हजार ८ रुपैयाँ मात्र रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४२ अर्ब ११ करोड ४२ लाख ८४ हजार ९ सय ८३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४ अर्ब ५८ करोड ८२ लाख ४२ हजार ८ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३२ करोड ८२ लाख ६२ हजार ३ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ४ दशमलव ४७ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया