बुधबार, वैशाख १०, २०८२

प्रभु बैंकद्वारा मातृशिशु मितेरी हस्पिटलमा एक्सटेन्सन काउण्टर सञ्चालन

नेपालखोज २०७७ कार्तिक १७ गते २१:२०

काठमाडौ । प्रभु बैंकले पोखराको मातृशिशु मितेरी हस्पिटलमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा आज सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । हस्पिटल परिसरमा आज बिहान १०ः०० बजे गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका विच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् ।

एक्सटेन्सन काउण्टर सञ्चालन पश्चात् हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत् हुँदा प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण समेत गरेको छ ।

बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया