कार्यकाल सकिन २ महिना अघि पाण्डेले सूर्या लाइफको सिइओ पदबाट दिए राजीनामा

काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । ४ वर्षे कार्यकाल सकिन करिब २ महिना बाँकी रहँदा उनले पदबाट राजीनामा दिएका हुन् ।
कोभिड महामारीको बेलामा कति दौडनु भनेर कार्यकाल सकिन लाग्दा आफूले राजीनामा दिएको पाण्डेले बताए । कार्यकाल सकिन २ महिनाजति मात्रै समय बाँकी थियो, त्यो भनेको कार्यकाल पूरा भए जस्तै पनि हो, अब आफै केही गरौं कि भन्ने सोँच पनि बनाएर कात्तिक १७ गते राजीनामा दिएँ,’ पाण्डेले भने ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका पाण्डे चार्डर्ट एकाउन्टेन्ट पनि हुन् । अब अडिटको काममा लाग्ने वा अन्य कुनै व्यवसाय गर्ने भन्नेमा आफू परामर्शमै रहेको उनले बताए । राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएको केही समयपछि उनी सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनी जीवन बिमक संघको अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया