विश्वभर चर्चामा रहेको च्याउ घर
नेपालखोज
२०७७ कार्तिक २१ गते १४:२१

एजेन्सी । यतिबेला सामाजिक सञ्जालमा एउटा घरले चर्चा पाइरहेको छ । एउटा सानो भर्याङमाथि बनेको घरले सोसल मिडियामा अत्यधिक चर्चा पाएकाे हाे । उक्त घरलाई ‘च्याउ घर’ नाम दिइएको छ ।
उक्त ‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित छ । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई ३० हजार पटक सेयर गरिएको छ ।

उक्त तस्बिरमा देखिए अनुसार एउटा साँघुरो भर्याङमाथि एक तल्ले घर बनेको जस्तो देखिन्छ । यस्तो घरले संसारभरीका धेरैलाई चकित पारेका हुनसक्छ, अझ त्यसमाथि पनि भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु चकित नै पारिदिन्छ ।
यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया