नेपालमा एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।
त्यस्तै देशभर थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौँ उत्यकामा आज थप एक हजार ३३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
त्यस्तै कोरोना सङ्क्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।
प्रतिक्रिया