सोमबार, वैशाख ८, २०८२

आइतबार नेप्से १२.४९ अंकले बढ्दा ३ अर्ब ५२ करोडको कारोबार

नेपालखोज २०७७ कार्तिक २३ गते १७:२९

काठमाडौं । आइतबार सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आईतबार नै सेयर बजार परिसुचक (नेप्से) १२.४९ अंकले उकालो लागेर लागेर १६४८.५८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.५७ अंकले उकालो लागेर ३२५.९४ बिन्दुमा चढेको छ ।

आइतबार १ सय ९८ वटा कम्पनीहरुको ४१ हजार ७ सय ६७ पटक कारोवार भएका छन् । जसबाट १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।

सेयर बजारमा आइतबार १२ वटा समुहको कारोवार भएका छन् । जसमध्ये वाँणिज्य बैक समुहको सुचक १.१६ अंकले घटेर १३००.३७ बिन्दुमा झरेकोमा विकास बैंक समुहको सुचक पनि ६.७६ अंकले घटेको छ । निर्जिवन बीमा समुहको सुचक भने १८-७९ अंकले बढेर ८ हजार २ सय ९ दसमलव २८ बिन्दुमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ८६.९३ अंकले बढेर ९ हजार ७ सय ९२ दसमलव ६ अंकमा पुगेको छ । यि बाहेकका ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च बिन्दुले उकालो लागेका छन् ।

आइतबार हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य ९.९७ प्रतिशतले बढेर २१ सय ६१ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच हुँदा नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य ३.५७ प्रतिशतले घटेर २ सय ७० रुपैयाँमा कारोवार भएको छ । आइतबार नेपाल पुर्नबीमा कम्पनीको मात्र एकै दिन प्रतिकित्ता ८ सय ९४ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड ९२ लाख २ हजार ४ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया