सोमबार, वैशाख ८, २०८२

नेप्सेले मार्यो छलाङ, २५ अंकले बढ्दा एकै दिन ४ अर्ब ९ करोडको सेयर किनबेच

नेपालखोज २०७७ कार्तिक २५ गते १६:४६

काठमाडौं । मंंगलबार नेप्सेले छलाङ मारेको छ । साताको तेस्रो कारोबार दिन नेप्से २५.९८ अंकले बढेर १६७८.७९ अंकमा पुगेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.०६ अंकले बढेर ३३०.३९ अंकमा पुगेको छ । नेप्सेमा मंगलबार एकै दिन १९६ कम्पनीहरुको ३८ हजार ६ सय ३४ पटक कारोवार भएका छन् । जसबाट ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंंगलबार १२ वटा समुहको कारोबार भएका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक ०.६८ र सामुहिक लगानी कोष समुहको सुचक ०.०२ अंकले घटेका छन् भने बाँकी समुहको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये पनि वाँणिज्य बैंक समुहको सुचक ७.११ अंकले बढेर १२९५.९७ अंकमा पुगेकोमा विकास बैंक समुहको सुचक पनि ८.०७ अंकले बढेर २०९२.०८ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि १६०.४ अंकले बढेर ८४३५.५२ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ४७६.३६ अंकले बढेर १०२५१.२२ अंकमा पुगेको छ । यि बाहेक ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुवित्त समुहको सुचक पनि क्रमश १०९.४९, ८७.४३, ३.८३, ४०.९, ४८.५८ र ४.८९ अंकले बढेका छन् ।

मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ४९५० रुपैयाँमा किनबेच हुँदा बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य ४.६१ प्रतिशतले घटेर २२७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ९ सय ६१ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ५३ लाख ३२ हजार १ सय ५१ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया