बुधबार, वैशाख १०, २०८२

सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न, १.७८ अर्ब खुद मुनाफाको घोषणा

नेपालखोज २०७७ कार्तिक २८ गते १६:२३

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । विश्व भर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा रु १.७८ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु.१२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया