भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो
नेपालखोज
२०७७ मंसिर ६ गते ७:३२

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । वोल्डोमिटर्सकाअनुसार हालसम्म भारतमा ९० लाख ५० हजार ६१३ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार ८८२ संक्रमित थपिएका छन् । भने भारतमा पछिल्लो २४ घण्टामा ५८४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ७ सय नाघेको छ ।
भारतमा हालसम्म ८४ लाख ७५ हजार ८ सय बढी संक्रमित निको भइसकेका छन् । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया