इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा लिभरपुलकाे प्रभावशाली जित
नेपालखोज
२०७७ मंसिर ८ गते १०:५६

काठमाडाैं । लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियम लिगमा लेस्टर सिटीमाथि ३-० काे प्रभावशाली जित निकालेकाे छ ।
एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले खेलको २१औं मिनेटमा आत्ममघाती गोलबाट अग्रता लिएको थियो ।
४१औं मिनेटमा डिएगो जोटाले दोस्रो गोल गरेका थिए । यस्तै, ८६औं मिनेटमा जेम्स मिल्नरको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को सानदार जित दिलाए ।
यो जितसँगै लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानम उक्लिएको छ । समान २० अंक नै रहेपनि टोटेनहन गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । लिभरपुलसँगको हारले लेस्टरले शीर्षस्थानमा उक्लने मौका गुमाउदा १८ अंक जोडेर चौथो स्थानमा झरेको छ ।
सम्बन्धित
प्रतिक्रिया