मंगलबार, वैशाख ९, २०८२

बर्नलीले हात पार्यो सिजनकै पहिलाे जित

नेपालखोज २०७७ मंसिर ९ गते १०:५२

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा बर्नलीले सोमबार राति याे सिजनकाे पहिलो जित हात पारेकाे छ । यसका लागि उसले क्रिसटल प्यालेसलाई टर्फ मुरमा १-० ले हरायाे ।

क्रिस उडले खेलको आठौं मिनेटमा गरेको गोल निर्णायक रह्यो । यो जितपछि बर्नली अन्तिम तीन स्थान छाडेर १७औं स्थानमा उक्लिएको छ ।

उसको अब आठ खेलबाट ५ अंक भएको छ । प्यालेस भने १३ अंकमा दसौं स्थानमा झर्‍यो । सोमबार रातिको अर्को खेलमा उल्भ्सले साउथह्याम्पटनलाई १–१ को रोमाञ्चक बराबरीमा रोक्यो । सब्स्टिच्युट पेड्रो नेटोले उल्भ्सका लागि बराबरी गोल गरे । यसअघि साउथह्याम्पटनले थियो वाल्कटको गोलले अग्रता लिएको थियो ।

पछिल्लो समय लयमा रहेर राम्रो गरिरहेको साउथह्याम्पटनको १७ अंक भएको छ र यससँगै पाँचौं स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेका टोटनहम र लिभरपुलसँग तीन अंकको दूरी मात्र हो । उल्भ्स भने नौ खेलबाट १४ अंकसहित नवौं स्थानमा उक्लिन सफल भएको छ ।

प्रतिक्रिया