केकी अधिकारी अभिनित प्रमोद खरेलको ‘यो माया के हो’ सार्वजनिक
नेपालखोज
२०७७ मंसिर ९ गते १३:३४

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मन छुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले यस गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष ) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।
हेर्नुहोस भिडियो
सम्बन्धित
प्रतिक्रिया