सोमबार, वैशाख ८, २०८२

एकै दिन ६४ अंकले बढ्यो नेप्से, कारोवार रकम पाँच अर्ब १३ करोड

नेपालखोज २०७७ मंसिर १० गते १५:५८

काठमाडौं । अघिल्लो दिन २९ दसमलव ६८ अंंकले बढेको नेप्से साताको चौथौ कारोवार दिन आज पनि ६४ अंकले बढेको छ । नेप्से आज ६४ दसमलव सात अंकले बढेर १८ सय ७४ दसमलव ८१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ९६ अंकले बढेर तीन सय ६२ दसमलव ३३ अंकमा पुगेको छ ।

एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक सामान्य अंकले घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव चार अंकले बढेर १३ सय ९९ दसमलव ८१ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दसमलव ७८ अंकले बढेर १४ सय ७० दमसलव ९९ अंकमा पुुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि तीन सय १६ दसमलव ६९ अंकले बढेर नौ हजार आठ सय ८५ दसमलव ७२ अंकमा पुगेको पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय ९० दसमलव ४३ अंकले बढेर ११ हजार एक सय ४० दसमलव ६० अंकमा पुुगेको छ ।

यि बाहेक लघुबित्त, बिकास बिकास बैंक,ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष सुचक पनि बढेका छन् । आज शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७८ रुपैयाँमा कारोवार हुंदा लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य तीन दसमलव ६८ प्रतिसतले घटेर नौ रुपैयाँ ९५ पैसामा कारोवार भएको छ ।

आज सबै भन्दा बढी कारोवार नेको इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भएको छ । उक्त कम्पनीको एकै दिन प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ४२ करोड २९ लाख ९८ हजार पाँच सय २५ रुपैयाँ २५ पैसाको कारोवार भएको छ ।

प्रतिक्रिया