मंगलबार, वैशाख ९, २०८२

बायर्न र सिटी नक आउट चरणमा

नेपालखोज २०७७ मंसिर ११ गते ११:३४

काठमाडाैं । बायर्न म्युनिक र म्यान्चेस्टर सिटीले बुधबार रातिले युरोपेली च्याम्पियन्स लिगकाे नकआउट चरणकाे यात्रा तय गरेका छन् ।

समूह ‘ए’ को खेलमा बायर्नले साल्सबर्गलाई ३–१ ले हरायो र चार खेलबाट लगातार जितसँगै १२ अंक बटुल्न सफल रह्यो । यसको बायर्नको पहिलो गोल रोबर्ट लेवनडोस्कीको नाममा रह्यो ।

यसै समूहको अर्को खेलमा एटलेटिको म्याड्रिड र लोकोमोटिभ मस्कोले गोलरहित बराबरी खेले । समूह ‘सी’ मा सिटीले लगातार चौथो जितका लागि ओलम्पियाकोसलाई १–० ले हरायो । खेलको निर्णायक गोल फिल फोडेनले ३६ औं मिनेटमा गरे । समूहको अर्को खेलमा एफसी पोर्टोले मार्सेलाई २–० ले हरायो ।

समूह ‘बी’ मा रियल म्याड्रिडले इन्टर मिलानलाई २–० ले हरायो । त्यसमा एडेन हेजार्डले पेनाल्टीबाट गोलको खाता खोले । यो जितपछि पनि रियल समूहको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको बोरुसिया मुन्छेग्लाडबाखले अर्को खेलमा साख्तर डोनेस्कलाई ४–० ले पराजित गर्‍यो ।

समूह ‘डी’ मा लिभरपुल भने एटलान्टाको हातबाट २–० ले स्तब्ध रह्यो । अर्को खेलमा आयाक्सले मिट्जल्यान्डलाई ३–१ ले हरायो । हारका बाबजुद लिभरपुल नौ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसपछि आयाक्स र एटलान्टाको समान सात सात अंक रहेको छ ।

प्रतिक्रिया