नेप्सेमा कारोवार रकमले तोड्यो एतिहाँसिक रेकर्ड

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार सेयर कारोवार रकमले एतिहाँसिक रेर्कड कायम गरेको छ ।
नेप्से आज १८ दसमलव ४३ अंकले बढेर १८ सय ९३ दसमलव २४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ८५ अंकले बढेर तीन सय ६५ दसमलव १८ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय एक वटा कम्पनीहरुको ७० हजार तीन पटकको कारोवारमा एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये पाँच वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन । आज बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव ७६ अंकले बढेर १४ सय ३७ दसमलव ५६ अंकमा चढेकोमा जलबिद्युुत, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
निर्जिवन बीमा समुहको सुचक भने एकै दिनएक सय ६५ दसमलव एक अंकले घटेर नौ हजार सात सय २० दसमलव ७० अंकमा झर्दा जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दसमलव ३२ अंकले घटेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, टे«डिङ, होटल र फाईनान्स समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
आज एनएमबी लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ८९ रुपैयाँमा कारोवार हुंदा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दसमलव १८ प्रतिसतले घटेर सात हजार पाँच सय छ रुपैयाँमा कारोवार भएको छ ।
आज पनि नेपाल पुर्नबीमा कम्पनीको सबैभज्दा बढी रकम कारोवार भएको छ । उक्त कम्पनीको आज एकैदिन १३ सय ३९ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १३ लाख १७ हजार एक सय ७८ रुपैयाँको सेयर कारोवार भएको छ ।
प्रतिक्रिया