महारेजको ह्याट्रिकमा सिटीको सानदार जित
नेपालखोज
२०७७ मंसिर १४ गते १२:२८

एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५–० को सानदार जित हात पारेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा अर्को दुई गोल बेन्जामिन मेन्डी र फेरान टोरेसले गरे ।
यो जितसँगै सिटी ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया