फेसबुकको प्रेम : १६ वर्षीया नेपाली केटी केटासाथी भेट्न भारतको भोपालमा
नेपालखोज
२०७७ मंसिर १६ गते १८:५३

फेसबुक मार्फतको सम्पर्क प्रेममा परिणत भएपछि केटा साथी भेट एक नेपाली किश्वरी भारतको मध्यप्रदेशस्थित सिहोर पुगेकी छिन् । उनीहरुबीच दुईवर्षयताको सम्बन्ध निकै गाढा भएपछि बिहे गर्ने भन्दै किश्वरी भारत पुगेकी हुन् ।
कोरोना भाइरसको महामारीका बीच उनी काठमाडौंबाट विमानमार्फत् भारत पुगेकी हुन् । बसको यात्रामार्फत् विभिन्न शहरहुँदै शनिबार गन्तव्य पुगिन् । २० वर्षीय केटालाई भेटेपनि उनलाई भोपालको बालबालिका कल्याण कमिटीमा आइतबार पुर्याइएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार आस्थाको मेडिकल स्टोरमा काम गर्ने केटाले नै प्रहरीलाई केटी पुगेको खबर गरेका थिए । उनको कोभिड १९ को परीक्षण समेत भएको र नेपाल फिर्ता पठाउने पहल भएको जनाइएको छ । केटी र केटा दुवैको पहिचान खुलाइएको छैन ।
सम्बन्धित
प्रतिक्रिया