शनिबार, वैशाख ६, २०८२

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

नेपालखोज २०७७ मंसिर १७ गते २१:१९

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग कुराकानी गर्न सक्ने छन् ।

यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ देखि ग्राहकका लागि उपलब्ध हुनेछ । प्रिपेड ग्राहकले एक घण्टाको र तीनदिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले करसहित रु १७ मा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसाप्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान् शुल्क प्रतिमिनेट करसहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले अंग्रेजीमा वान एचआर अर्थात अंग्रजी अंक एक र ठूलो अक्षरमा एचआर लेखि १७११८ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र रु ४८ मा सुचारु गर्न सक्ने छन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र कर सहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवालिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीनदिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले अंगे्रजीमा २२५ लेखि १७११८ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभदरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया