बुधबार, वैशाख १०, २०८२

तीन दिनभित्र कोरोना बीमाको भुक्तानी दिन बीमा समितीलाई अर्थमन्त्रालयको निर्देशन

नेपालखोज २०७७ मंसिर १८ गते १८:५६

काठमाडौं । अर्थमन्त्रालयले कोेभिड-१९ बीमाको भुक्तानी तीन दिन भित्र दिएर त्यसको नियमित जानकारी मन्त्रालयमा पेश गर्न बीमा समितीलाई निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको बित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले बीमा समितीको नाममा बिहिबार पत्रचार गर्दे उक्त निर्देशन दिएको हो ।

मन्त्रालयकाअनुसार यसअघि अर्थात कात्तिक १८ गते बसेको बैठकले गरेका कोभिड-१९ बीमाको दावी भुक्तानी सम्वन्धी व्यवस्थाको निर्णयहरु कार्यान्वयनका ल्याउनको लागि बीमा समितीलाई पत्राचार गरिएको हो ।

कात्तिक १८ गतेको निर्णय अनुसार कोभिड-१९ बीमाको दावी भुक्तानी सात दिन भित्र दिन निर्देशन दिएकोमा सो बमोजिम नभएपछि भुक्तानीको लागि पुर्न निर्देशन दिईएको हो, मन्त्रालयद्धारा जारी गरिएको पत्रमा भनिएको छ ।

मन्त्रालयले बीमा समितीलाई पत्राचार गर्दे दावी भुक्तानी गरिएको नियमित विवरण पनि अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया