अनिल कपुर, बरुण धवन र नीता कपुरलाई कोरोना संक्रमण
नेपालखोज
२०७७ मंसिर १९ गते १३:१२

बलिउड अभिनेता अनिल कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै फिल्म युनिट जुग जुग जियोका अर्का अभिनेता बरुण धवन, अभिनेत्री नितु कपुर र निर्देशक राज मेहतालाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरु जुग जुग जियोको सुटिङका लागि चन्दीगढमा छन्। मुख्य कलाकारहरुलाई नै कोरोना संक्रमण भएपछि फिल्ट सुटिङ तत्कालका लागि स्थगित गरिएको छ। फिल्म युनिट स्रोतका अनुसार पोजेटिभ देखिएका सबै कलाकारहरु आइसोलेसनमा रहेका छन्। उनीहरुलाई कुनै लक्षणसमेत नदेखिएको बताइएको छ।
अर्को वर्ष प्रदर्शनमा आउने जुग जुग जियोमा बरुण धवण, कियारा अडवाणी, अनिल कपुर, नितु कपुर र प्रजाकता कोलीको अभिनय रहनेछन्। निर्देशक मेहताले यसअघि गुड न्युज फिल्म निर्देशन गरेका थिए।
सम्बन्धित
प्रतिक्रिया