यी हुन् २०२० का उत्कृष्ट एन्ड्रोइड एप्स

काठमाडों । गुगल प्ले स्टोरले सन् २०२० को लागि उत्कृष्ट मोबाइल एप र गेमहरुको सूची जारी गरेको छ। हरेक वर्षको अन्त्यमा गुगलले स्टोरमा उपलब्ध एपमध्येबाट उत्कृष्ट एप छनोट गर्दै आएको छ ।
यसरी छनोट गर्दा गुगलले उक्त एपको प्रदर्शन र डाउनलोडको आधार मान्ने गरेको छ । सोही आधारमा गुगलले उत्कृष्ट एप, गेम अफ द ईयर र च्वाइस अवार्ड २०२० गरी तीन श्रेणीमा सूची जारी गरेको छ ।
जसमा लुनास् बेड टाइम काल्म एण्ड रिल्याक्स (Loóna: Bedtime Calm & Relax) वर्षको उत्कृष्ट एप घोषित भएको छ ।
त्यस्तै जेनशिन इम्प्याक्ट (Genshin Impact) सन् २०२० को उत्कृष्ट गेम एप र डिज्नेप्लसलाई युजर च्वाईस अवार्ड प्रदान गरिएको छ ।
गुगलले मुभी अन्तर्गत पनि उत्कृष्ठ मुभी छनोट गरेको छ । जसमा युजर च्वाइस मुभी अफ २०२० ब्याड ब्वाइज फर लाइफले पाएको छ ।
त्यस्तै यूजर च्वाइस गेम अफ २०२० अवार्ड स्पन्जबबः क्रस्टी कुक अफ (Spongebob: Krusty Cook-Off) ले पाएको छ ।
प्रतिक्रिया