मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठलाई
नेपालखोज
२०७७ मंसिर २० गते १९:४१

काठमाडौं । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।
माजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् ।
मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् । कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा शनिबार सम्पन्न भएको हो ।
सम्बन्धित
प्रतिक्रिया