दिपक शर्माको संगीतमा ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा रहेको गीत ‘देउन दिलमा दरबन्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन् । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् । भिडियोमा विकाश दहालको सम्पादन रहेको छ ।

रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो । कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल ‘मिलअमु फिल्म्स’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियामा बसेर आफ्नो कलाकारितालाई अघि बढाइरहेका मोडेल मिश्रले आफ्नो अभिनयमा निखार ल्याउन सुगठित शरीर बनाउने देखि शर्ट फिल्म मार्फत निकै मेहेनत साथ अघि बढिरहेका छन् । मोडेल मिश्रले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन् ।
भिडियो लिंक
प्रतिक्रिया