नेपालमा २ लाख २५ हजार ८०५ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जानेश्वर गौतमले आज देशभर थप १ हजार७ सय ५२ जना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयकाले दिएको जानकारी अनुसार आज मुलुकभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । आज थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ जना पुगेको छ ।
प्रतिक्रिया