प्रभु बैंकले १० प्रतिशत लाभांस बितरण गर्ने
नेपालखोज
२०७७ मंसिर २२ गते १३:५६

काठमाडा । प्रभु बैंकले १० प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ सय ३५ रुपैयाँ मध्येबाट १० प्रतिशत अर्थात एक अर्ब तीन करोड १५ लाख ५० हजार छ सय ३४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, कर प्रयोजनको लागि शुन्य दसमलव ५२ प्रतिशत अर्थात पाँच करोड ४२ लाख ९२ हजार एक सय ४१ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने घोषणा बैंकले गरेका छ ।
लाभांस बितरणका सम्वन्धमा बैंक सञ्चालक समितीको यही मंसिर २१ गते आईतबार बसेको एक सय ९३ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
सम्बन्धित
प्रतिक्रिया