बुधबार, वैशाख १०, २०८२

खल्तीको माध्यमबाट एनआइबिएल सहभागिता फण्ड खरिद गर्न सकिने

नेपालखोज २०७७ मंसिर २३ गते १४:५६

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एन.आई.बि.एल एस क्यापिटल लि. ले आफ्नो ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी यही मंंसिर २२ गतेबाट खल्तीको माध्यमबाट एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

यसअघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आईपिएस र नेपाल इन्भेष्टमेन्ट बैंकको ई बैंकिङबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो ।

कोष प्रबन्धक, एन.आई.बि.एल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहजवातावरण बनाउन निरन्तर प्रयाशरत रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया