बुधबार, वैशाख १०, २०८२

लुुम्बिनी बिकास बैंकले १० प्रसितत लाभांस दिने

नेपालखोज २०७७ मंसिर २३ गते १५:१५

काठमाडौं । लुम्बिनी बिकास बैंकले १० प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफा तथा सञ्चित मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुंजी दुुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २५ रुपैयाँ मध्येबाट १० प्रतिसतको अनुपातमा २७ करोड १६ लाख ३१ हजार एक सय ७२ रुपैयाँ बराबरको लाभांस बितरण गर्ने घोषणा गरेको हो ।

बैंककाअनुसार घोषित लाभांस मध्येमा सात प्रतिशत अर्थात १९ करोड एक लाख ४१ हजार आठ सय २१ रुपैयाँ बराबरको बोनस सेयर र तीन प्रतिशत अर्थात आठ करोड १४ लाख ८९ हजार तीन सय ५१ रुपैयाँ बराबरको नगद लाभांस रहेको छ ।

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको आज मंगलबार बसेको तीन सय ७८ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया