पुन रोकियो नेप्सेको उच्च बृद्धिदर, नौ अंकले घट्दा पाँच अर्ब ७१ करोडको सेयर किनबेच

काठमाडौं । अघिल्लो दिन ७२ अंकले बढेको नेप्से कारोवार सुचक पुन घटेको छ । साताको तेस्रो कारोवार दिन आज नेप्से सुचक नौ दसमलव चार अंकले घटेर १९ सय ९५ दसमलव ३५ अंकमा झरेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि आज दुई दसमलव ५९ अंकले घटेर तीन सय ८० दसमलव १८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय दुई वटा कम्पनीहरुको ४८ हजार आठ सय एक पटकको कारोवारमा एक करोड २५ लाख ६६ हजार नौ सय ६१ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम पाँच अर्ब ७१ करोड ९४ लाख ३६ हजार तीन सय ८४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलविद्युत र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६९ अंकले घटेर १४ सय ५७ दसमलव ९१ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक एक सय ३१ दसमलव ७५ अंकले घटेर नौ हजार छ सय १७ दसमलव १४ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि आज एक सय २० दसमलव ६६ अंकले घटेर १२ हजार एक सय ४४ दसमलव तीन अंकमा पुग्दा बिकास बैंक, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेका छन् ।
आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ६३ रुपैयाँमा कारोवार हुंदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य १० प्रतिसतले घटेर दुई सय ५२ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोवार भएको छ । उक्त कम्पनी आज प्रतिकित्ता १६ सय पाँच रुपैयाँ अन्तिम मुल्यमा ४५ करोड ८१ लाख दुई हजार दुुई सय ४७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया