मंगलबार, वैशाख ९, २०८२

नेपालमा दुई लाख २९ हजार ५४ जना डिस्चार्ज

नेपालखोज २०७७ मंसिर २३ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित उपचार पछि निको डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरबाट थप १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरबाट थप १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।

मन्त्रालयकाअनुसार १२ हजार ६८६ जना आइसोलेसनमा रहेका छन भने हालसम्म कुल १७ लाख ९९ हजार ६८६ पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।

प्रतिक्रिया