आइतबार, वैशाख ७, २०८२

जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने सांसद साहको माग

नेपालखोज २०७७ मंसिर २३ गते १९:३४

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले प्रदेश नं २ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका छन् ।

जिल्ला सदरमुकाम गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं २ का अध्यक्ष साहले सङ्घीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भनी प्रदेश नं २ सरकारसंँग जवाफ माग गरेका छन् ।

“घरवारविहीन दलित समुदायको घर निर्माणका लागि सङ्घीय सरकारले अर्बौंँ रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भन, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन् ।”

प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया