साधारण सेयरमा लगानी गर्नेहरुलाई अवसर

काठमाडौं । साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई अवसर प्राप्त हुने भएको छ । ९ अर्ब १० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती माग गर्दे चार वटा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएसंगै लगानीकर्ताहरुले लगानीको अवसर प्राप्त गर्ने भएका हुन् ।
धितोपत्र बोर्डका अनुसार यही मंसिर २३ गते मंगलबारसम्ममा बैंक, बीमा, हाईड्रोपावर र लघुबित्त बित्तीय संस्था समेत गरी चार वटा संस्थाहरुले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी नौ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको नौ करोड १० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती माग गर्दे आवेदन दिएका हुन् । सो मध्ये महिला लघुबित्त बित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती माग गर्दे आवेदन दिएको छ भने न्यादी हाईड्रो पावर कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका जनताको लागि ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती माग बोर्डमा आवेदन दिएको छ ।
बोर्डका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आठ अर्ब रुपैयाँ बरारबको आठ करोड कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती माग गर्दे आवेदन दिएको छ । यी बाहेक ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले पनि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती माग गर्दे बोर्डमा आवेदन दिएको छ । बोर्डले आवेदन माग गर्दे कम्पनीहरुले बित्तीय स्थिती हेरेर छिट्टै नै साधारण सेयर जारी गर्नको लागि अनुमती दिने जानकारी दिएको छ ।
प्रतिक्रिया