मंगलबार, वैशाख ९, २०८२

कोरोना अपडेट : १ हजार ५६ जनामा संक्रमण पुष्टि, १ हजार ४८३ डिस्चार्ज

नेपालखोज २०७७ मंसिर २४ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार ४८३ जना संक्रमण मुक्त भएसँगै नेपालमा निको हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरबाट थप ३८६ जना महिला र ६७० जना पुरुष गरि १ हजार ५६ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् । हाल देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज थप १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार ६५१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया