बुधबार, वैशाख १०, २०८२

यमनमा विद्रोहीसहितको संयुक्त सरकार बन्ने

नेपालखोज २०७७ मंसिर २६ गते ७:५९

एजेन्सी । यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्ने भएको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका छन् ।

दुबै पक्षको बराबर प्रतिनिधित्व रहनुपर्नेलगायतका प्रमुख विषयमा नै विवाद हुँदा यमनमा संयुक्त सरकार गठन हुन सकेको थिएन ।

यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणमा सक्रिय एसटीसी विद्रोहीलाई क्रमश साउदी अरब र संयुक्त अरब ईमिरेट्सको सहयोग रहँदै आएको छ ।

यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौँ हजार सैनिक तथा लडाकूको मृत्यु भएको छ ।

दक्षिणी यमनमा सक्रिय साउदर्न ट्रान्जिसनल काउन्सिल ९एसटीसी० र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबै इरान निकट मानिने हुथी समूहसँगको लडाईँमा भने सहकार्य गर्दै आएका थिए ।

प्रतिक्रिया