साताको सेयर बजार : टेलिकम, बैंक र बिमा कम्पनी अगाडि

काठमाडौ । यो साता सेयर कारोवार मापक नेप्से परिसुचक १९ सय ६४ दसमलव दुुई अंकमा पुुगेर रोकिंदा ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७४ दसमलव दुुई अंकमा पुगेर रोकिएको छ । धितोपत्र बजारमा यो साता दुुई सय दुुई वटा कम्पनीहरुको दुई लाख ५६ हजार पाँच सय ९९ पटक सेयर कित्ता किनबेच भएका छन । जसबाट छ करोड छ लाख तीन हजार २७ कित्ता सेयर किनबेच भएको छ भने कुुल कारोवार रकम २८ अर्ब ४८ करोड ८५ लाख २४३ हजार सात सय पुुगेको छ ।
यो कारोवार रकम गत साताको तुुलनामा भने कम हो । गत साता धितोपत्र बजारमा दुुई सय वटा कम्पनीहरुको तीन लाख ५७ हजार दुुई सय ५५ पटक सेयर किनबेच भएको थियो । सोही आधारमा उक्त साता १० करोड ११ लाख ६३ हजार तीन सय सय ९४ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार आठ सय रुपैयाँ पुुगेको थियो ।
नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये दोस्रो र अन्तिम कारोवार दिन नेप्से बढेपनि बाँकी दिन भने नेप्से घटेको थियो । ति मध्ये पहिलो दिन एक सय २३ दसमलव ३४ अंकले घटेको नेप्से दोस्रो दिन ७२ दसमलव २८ अंकले बढेको थियो । सेन्सिटिभ इन्डेक्स भने पहिलो दिन २१ दसमलव ६२ अंकले घटेकोमा दोस्रो दिन १२ दसमलव एक अंकले बढेको थियो ।
तेस्रो र चौथो दिन भने नेप्से क्रमश नौ दसमलव चार र ३९ दसमलव छ अंकले घटेको थियो । यि दिनहरुमा सेन्सिटिभ इन्डेक्स भने क्रमश दुई दसमलव ५९ र आठ दसमलव ४७ अंकल घटेको थियो । पाँचौं अर्थात अन्तिम कारोवार दिन भने नेप्से आठ दसमलव २७ अंकले बढ्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ३२ अंकले बढेको थियो ।
नेप्सेमा यो साता पनि नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स नेपाल टेलिकम लगायतका कम्पनीहरुको बढी रकम कारोवार भएकाछन । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता कम्पनीहरु अगाडि देखिएका छन । बजार पुंजीकरणको आधारमा भने सदा झैं यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि देखिएका छन् ।
प्रतिक्रिया