बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंक भोलि ६ अर्ब रुपैयाँको ट्रेजर बिल बिक्री गर्दे

नेपालखोज २०७७ मंसिर २८ गते १५:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि छ अर्ब रुपैयाँ बराबरको ट्रेजर बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंककाअनुसार सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मंसिर ३० गते तोकिएको ट्रेजर खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजर मध्येमा ९१ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरकोे परिपक्व हुुने अवधि २०७७ चैत तीन गते र तीन सय ६४ दिने ट्रेजरको परिपक्व हुने अवधि २०७८ साल मंसिर २८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही मंसिर २२ गते पनि राष्ट्र बैंकले १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजर बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया