साताकाे पहिलो दिनको कारोवार सुखद, ४६ अंकले बढ्दा चार अर्ब ८९ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको पहिलो दिनको सेयर कारोवार सुखद देखिएको छ । साताको पहिलो कारोवार दिन आज नेप्से ४६ दसमलव ४३ अंकले बढेर दुुई हजार १० दसमलव ४५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव नौ अंकले बढेर तीन सय ८२ दसमलव ११ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुुई सय तीन वटा कम्पनीहरुको ४३ हजार पाँच सय ८४ पटकको कारोवारमा ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएको छ भने कुुल कारोवार रकम चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेका छन् । सो मध्ये टे«डिङ, होटल र जलबिद्युुत समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव ७७ अंकले बढेर १४ सय ८१ दसमलव ५४ अंकमा पुगेको छ ।
त्यसैगरी बिकास बैक समहको सुचक पनि ३६ दसमलव ७१ अंकले बढेर २१ सय ६५ दसमलव ३२ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७४ दसमलव पाँच अंकले बढेर नौ हजार छ सय ४० दसमलव २७ अंकमा पुुगेको छ । यि बाहेक जीवन बीमा, फाईनान्स, उत्पादनमुलुक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।
आज महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९४ प्रतिसतले बढेर नौ सय ८४ रुपैयाँमा कारोवार हुँदा अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ८४ प्रतिसतले घटेर चार सय ५२ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता दुुई हजार ३५ रुपैयाँ अन्तिम मुल्यमा ६७ करोड एक लाख ७२ हजार चार सय २१ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया